नेपाल सरकार
प्रदेश प्रमुखको कार्यालय
सुदूरपश्चिम प्रदेश
धनगढी, कैलाली
नेपाल सरकार
प्रदेश प्रमुखको कार्यालय
सुदूरपश्चिम प्रदेश
धनगढी, कैलाली
यो प्रदेश १०९ मिटर देखी ७१३२ मिटर सम्म उचाई र २८° २२” उत्तरी अक्षांश देखि ३०° ०९” उत्तरी अक्षांश र ८०°०३” पूर्वी देशान्तर देखि ८१° २५” पूर्वी देशान्तरका सम्म फैलिएको छ ।यस प्रदेशकोसबैभन्दा अग्लो भू-भागको रुपमा अपि हिमाल (७,१३२ मीटर) र होचो भू-भागको रुपमा कैलाली जिल्लामा (१०९ मिटर) रहेको छ ।
क्षेत्रफल
नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये प्रदेश नं. ७ ले १९,५३९ वर्ग कि.मि. अर्थात् १३.२७% क्षेत्रफल ओगटेको छ । यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ७,९३२.८३४वर्ग कि.मि. (४०.६०%), पहाडी भू-भाग ६,७४८.७७०६ वर्ग कि.मि. (३४.५४%) र तराईभू-भाग ४,८५७.३९५४ वर्ग कि.मि. (२४.८६%) पर्दछ । यस प्रदेशमा पहाडीतथा हिमालि भु-भाग बढी रहेकोछ ।यो प्रदेश नेपाल राज्यको सुदुर पश्चिम भागमा पर्दछ । यो प्रदेशका २ जिल्ला (कैलाली र कञ्चनपुर) तराई क्षेत्रमा, ४ जिल्ला (डोटी, डडेल्धुरा, अछाम, बैतडी) पहाडी क्षेत्रमा र ३ जिल्ला (दार्चुला, बझाङ र बाजुरा) हिमाली क्षेत्रमा पर्दछन ।
सिमाना
यस प्रदेशको सिमाना पूर्वमा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट र मुगुजिल्ला तथा लुम्बिनी प्रदेशको बर्दिया जिल्ला पर्दछ । पश्चिम र दक्षिणमा भारत, उत्तरमा कर्णाली प्रदेशको हुम्ला जिल्ला तथा मित्र राष्ट्र चीन रहेका छन् ।
जनसांख्यिकीय विवरण
२०७८ सालको जनगणना अनुसार नेपालकोकुल जनसंख्या २,९१,६४,५७८ मध्ये यस प्रदेशको जनसंख्या २६,९४,७८३ रहेको छ जुनकुल जनसंख्याको ९.२४% हुन आउँछ । यस मध्ये पुरुषको जनसंख्या १२,७२,७८६ र महिलाको जनसंख्या १४,२१,९७ रहेको छ । लैङ्गिक अनुपात ०.५२% रहेको छ । वार्षिक औषत जनसंख्या वृद्धि दर ०.५२% रहेको छ । घर परिवार संख्या ५,७७,१०२ रहेको छ र औषत एक परिवारमा ४.६७ जना सदस्यहरु रहेको पाईन्छ । यस प्रदेशको कुल जनघनत्व १३८ जनाप्रति वर्ग किलोमिटर रहेको छ ।
स्रोत: राष्ट्रिय जनगणना, 2078
नाम : दीर्घ राज भट्ट
सम्पर्क नं : 9848421872
इमेल :
प्रदेश प्रमुखको कार्यालय
सुदूरपश्चिम प्रदेश धनगढी,कैलाली-नेपाल ।
फोन नं. :- 091 - 524273
फ्याक्स नं. :- 091 - 524658
ईमेल :- ophsudurpaschim@gmail.com
वेबसाइट:- http://oph.sudurpashchim.gov.np
Copyright © Office of Chief Minister and Council of Ministers, Dhangadhi, Kailali, Nepal 2024. All rights reserved.