प्रदेश परिचय

यो प्रदेश १०९ मिटर देखी ७१३२ मिटर सम्म उचाई र २८° २२” उत्तरी अक्षांश देखि ३०° ०९” उत्तरी अक्षांश र ८०°०३” पूर्वी देशान्तर देखि ८१° २५” पूर्वी देशान्तरका सम्म फैलिएको छ ।यस प्रदेशकोसबैभन्दा अग्लो भू-भागको रुपमा अपि हिमाल (,१३२ मीटर) र होचो भू-भागको रुपमा कैलाली जिल्लामा (१०९ मिटर) रहेको छ । 

क्षेत्रफल

नेपालको कुल क्षेत्रफल १,४७,१८१वर्ग कि.मि. मध्ये प्रदेश नं. ७ ले १९,५३९ वर्ग कि.मि. अर्थात् १३.२७% क्षेत्रफल ओगटेको छ । यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ७,९३२.८३४वर्ग कि.मि. (४०.६०%), पहाडी भू-भाग ६,७४८.७७०६ वर्ग कि.मि. (३४.५४%) र तराईभू-भाग ४,८५७.३९५४ वर्ग कि.मि. (२४.८६%) पर्दछ । यस प्रदेशमा पहाडीतथा हिमालि भु-भाग बढी रहेकोछ ।यो प्रदेश नेपाल राज्यको  सुदुर पश्चिम भागमा पर्दछ । यो प्रदेशका २  जिल्ला (कैलाली र कञ्चनपुर) तराई क्षेत्रमा, ४ जिल्ला (डोटी, डडेल्धुरा, अछाम, बैतडी)  पहाडी क्षेत्रमा र ३ जिल्ला (दार्चुला, बझाङ र बाजुरा) हिमाली क्षेत्रमा पर्दछन ।

सिमाना

यस प्रदेशको सिमाना पूर्वमा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट र मुगुजिल्ला तथा ५ न. प्रदेशको बर्दिया जिल्ला पर्दछ ।पश्‍चिम र दक्षिणमा भारत, उत्तरमा कर्णाली प्रदेशको हुम्ला जिल्ला तथा मित्र राष्ट्र चीन रहेका छन् ।

राजनैतिक प्रशासनिक विभाजन

नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप संघीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र संघीयसरकारको रुपमा विभाजन गरिएको छ । यो विभाजन मध्ये यस ७ नं. प्रदेश अन्तर्गत साबिक महाकाली अञ्‍चलका ४ जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर तथा साबिक सेती अञ्‍चलका बझाङ, बाजुरा, डोटी, अछाम र कैलाली गरी जम्मा ९ जिल्ला रहेका छन् ।१ उप-महानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी जम्मा ८८ स्थानीय तह र कुल वडा ७३४ रहेका छन् । त्यस्तै यस प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १६ निर्वाचन क्षेत्र र प्रदेश सभासदस्य निर्वाचनका लागि ३२ निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभामासमानु पातिक सहित कूल ५३ सदस्य रहन सक्ने संवैधानिक प्रावधान छ ।

प्रदेशको राजनैतिक तथा प्रशासनीक विभाजन

LGs Data summary Province 7

श्रोत: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

जनसांख्यिकीय विवरण

२०६८ सालको जनगणना अनुसार नेपालकोकुल जनसंख्या २,६४,९४,५०४ मध्ये यस प्रदेशको जनसंख्या २,५५२,५१७रहेको छ जुनकुल जनसंख्याको ९.६३% हुन आउँछ ।यस मध्ये पुरुषको जनसंख्या १२,१७,८८७रमहिलाको जनसंख्या १३,३४,६३०रहेको छ।यस क्षेत्रको औषत जन्मदर १.४९ प्रतिसत रहेको छ ।यस क्षेत्रमा घरधुरी संख्या ४,६९,९७१ छ भने घर पररवार संख्या ४८२०७० रहेको छ र औषत एक परिवारमा ५ जना सदस्यहरु रहेको पाईन्छ।यस प्रदेशको कुल जनघनत्व १३१जनाप्रति वर्ग किलोमिटर रहेको छ ।

Province Political GIS Map
प्रदेश न. ७राजनैतिक प्रशासनिक विभाजन नक्शा