प्रदेश परिचय
यो प्रदेश १०९ मिटर देखी ७१३२ मिटर सम्म उचाई र २८° २२” उत्तरी अक्षांश देखि ३०° ०९” उत्तरी अक्षांश र ८०°०३” पूर्वी देशान्तर देखि ८१° २५” पूर्वी देशान्तरका सम्म फैलिएको छ ।यस प्रदेशकोसबैभन्दा अग्लो भू-भागको रुपमा अपि हिमाल (७,१३२ मीटर) र होचो भू-भागको रुपमा कैलाली जिल्लामा (१०९ मिटर) रहेको छ ।
क्षेत्रफल
नेपालको कुल क्षेत्रफल १,४७,१८१वर्ग कि.मि. मध्ये प्रदेश नं. ७ ले १९,५३९ वर्ग कि.मि. अर्थात् १३.२७% क्षेत्रफल ओगटेको छ । यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ७,९३२.८३४वर्ग कि.मि. (४०.६०%), पहाडी भू-भाग ६,७४८.७७०६ वर्ग कि.मि. (३४.५४%) र तराईभू-भाग ४,८५७.३९५४ वर्ग कि.मि. (२४.८६%) पर्दछ । यस प्रदेशमा पहाडीतथा हिमालि भु-भाग बढी रहेकोछ ।यो प्रदेश नेपाल राज्यको सुदुर पश्चिम भागमा पर्दछ । यो प्रदेशका २ जिल्ला (कैलाली र कञ्चनपुर) तराई क्षेत्रमा, ४ जिल्ला (डोटी, डडेल्धुरा, अछाम, बैतडी) पहाडी क्षेत्रमा र ३ जिल्ला (दार्चुला, बझाङ र बाजुरा) हिमाली क्षेत्रमा पर्दछन ।