माननीय प्रदेश प्रमुख ज्यूले विजया दशमी, शुभदिपावली तथा छठ पर्व २०७७ को सुअवसरमा दिनुभएको शुभकामना सन्देश

अार्थिक वर्ष
विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७७ को शुभकामना सन्देश

विजया दशमी, शुभ दिपावली तथा छठ पर्व 2077 को शुभकामना सन्देश

 

 

हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्व 2077 को शुभअवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सुदूरपश्चिम प्रदेशवासी एवं सम्पूर्ण नेपाली हिन्दु धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं दीर्घायुका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।यी पर्वहरुलाई समुदायको आपसि रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशी साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउदै विश्वका विभिन्न स्थानमा छरिएर रहेका समस्त प्रदेशवासी एवं नेपालीहरुको धार्मिक तथा सांस्कृतिक विविधता वीच आपसी सद्‍भाव, सहिष्णुता, भातृत्व एवं पारस्पारिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने मैले महसुस गरेको छु ।यी पर्वहरुले विभिन्न जातजाती र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकासमा टेवा पुर्‍याउने अपेक्षा समेत लिएको छु ।

 

अन्तमा, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को महामारीको संक्रमणतर्फ सजग रही सुरक्षित तवरले पर्वहरु मनाउन सबैमा अपिल गर्दै यी पर्वहरुले हामी सबैमा भातृत्व, शान्ति र सामाजिक सहिष्णुताको लागि थप प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु ।

 

धन्यवाद !

 

2077 कार्तिक १ गते शनिवार